· ArtistNepal Network · ArtistNepal News
चर्चित गायक कुमार कान्छा अब हामीबिच हुनुहुन्न । नेपाली संगीतमा अब ऊहाँको जति चर्चा गरेपनि अपुगनै हुन्छ । तर आर्टिस्ट नेपालले स्वर्गिय कुमार कान्छा संग पछिल्लो पटक कामगर्नु भएका केही श्रस्टाहरुसंग संक्षित प्रतिक्रया लिएका थियौं। प्रस्तुत छ- स्वर्गिय कुमार कान्छाप्रति स्मरणका केही हरफहरु:- नरेन्द्र प्यासी (बरिष्ठगायक तथा संगीतकार) मेरो करिब 20 बर्ष अघि उहाँसंग काठमाडौंमै भेट भएको थियो। पछिल्लो पटक 2 बर्ष अघि मेरो कम्पोजमा किरण केसीको शब्द रहेको पहाडको कापबाट झरेको पानी....... गाउनु भएको थियो। उहा एक साधारण र रोमान्टिक हुनुहुन्थ्यो । नेपाल बाहिर रहेरपनि नेपाली संगीतमा निरन्तर योगदान दिने ब्यकित्य र आफ़्नो नाम पछाडि ‘कान्छा’ राखेर आफ़ुलाई नेपाली हूँ भन्ने परिचय दिने गायक। सायद नेपाली सांगीतले उहाँजस्तो ब्यक्तित्व पाऊंन कठिन छ र आर्टिस्टनेपाल डटकम मार्फत उहाँको चिर आत्माको शान्तिको लागि कामना गर्दछु। नबराज लम्साल ( गितकार तथा रेडियो प्रस्तोता) उहाँ गित संगीतकै लागि जन्मेको मान्छे । उहाँको प्रस्तुतिमा असहजतापन् र बनावटिपन् छैन। मन्दिर छिर्दा जुत्ता खोलेर छिरेको जस्तो, स्टुडियो भित्र छिर्दा ब्यक्तिगत जिबनका सबै कुरा भुलेर छिर्ने ब्यक्ति। उहाँले मेरा ४ ओटा गित गाउनु भएको छ। म सङग उहाँले आफ्ना जिबनका कालखण्डका कुराहरु गर्नु भएको छ । र मैले उहाँकै जिबनमा आधारित रहेर पछिल्लो एल्बम 'साइनो'को लागि गित सृजना गरेको छु । एउटा फरक शैलिको गित गाउने मान्छे । आफ्नै प्रस्तुति भएको मान्छे । लोकगितलाई आधुनिककरण गर्नसक्ने मान्छे। अबश्यनै उहाँको निधनले नेपाली सङ्गित टुहुरो भएको छ । भुबन सुम्तिहाङग राई (सङ्गितकार) पछिल्लो एल्बम 'साइनो' को लागि उहाँ नेपाल आउदा हामी धेरै नजिक भएका थियौं । एऊटा १५ बर्षको भाईले लेखेको गित छाडि गए आमा तिमीलाई यो सन्सार बाट..... उहाँले मेरो सङ्गितमा गाऊनु भएको थियो। यो गित उहाँको लागी सृजना गरिएको जस्तो भयो। यो गित बजारमा आउनै बाकिँ छ। कुमार दाईसङगको क्षणहरु म मेरो जिबनभरि नै भुल्न सक्दिन । कृष्ण महर्जन (भान्जा तथा रेकर्डिष्ट) म उहाँ लाई मामा भन्दापनि कलाकार कुमार कान्छाकै रुपमा बोल्न चाहन्छु। उहाँको साईनोको एल्बमको रेकर्डिङको बेला जब उहाँ स्टुडियो भित्र छिर्नुहुन्थ्यो। उहाँ गीत गाउने बेला आफ्नो नियमित सेबनगर्ने औषधि पनि खान बिर्सनुहुन्थ्यो ।यस अर्थमा उहाँ स्टुडियोलाई पुजा कोठा सम्झनु हुन्थ्यो । पछिल्लो पटक उहाँलाई रोगले च्याप्दै गरेपछि म, जनकदिप पराजुली र दिप तुलाधार मिलेर ईन्भेस्टमेन्ट ब्यांकमा उहाँको सहयोगार्थ एउटा खता पनि खोलेका थियौं । उहाँको सहयोगार्थ करिब १'५३००० उठेको थियो ।
Tags: Kumar Kancha