· ArtistNepal Network
· ArtistNepal News
· Music news
दुई बर्ष अगाडी 'आस्था' एल्बम सार्बजनिक गरेर चर्चा कमाएकी गायिका आस्था बि. ले नयाँ एल्बम 'आस्था को आश' एल्बममा संग्लन सम्पुर्ण संगीतकर्मीहरुको हातबाट सार्बजनिक गराएकी छिन् ।
नजानिँदो रुपमा रहरमै निकालिएको पहिलो एल्बम 'आस्था'ले उनलाई नयाँ परिचयका साथ ईमेज अवार्ड एबम बिभिन्न नोमिनेसनहरुमा समेत पर्न सफल भएको थियो । बिभिन्न सांगीतिक कार्यक्रमहरुका साथै सिंगापुर तथा अष्ट्रेलियामा पनि आफ्नो प्रस्तुति देखाउन भ्याएकी आस्थाले दोश्रो एल्बमको लागि आफुले धेरै नै मेहनत गरेको बताएकी छिन।
सबै किसिमका श्रोतालाई समेट्न सकियोस भन्ने हेतुले सोहि अनुसारको गीतहरु तयार पारेको बताउने आस्थाको यस एल्बममा बरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठ, दिनेश अधिकारी, कृष्णहरि बराल,नरेश भट्टराई, राजनराज शिवाकोटी , भिषण योन्जन, निर्णय, भुपेन्द्र खड्का, महेश राणा, प्रेम कृष्ण श्रेष्ठ, हरकुलिस बस्नेतका शब्दहरुमा हरि लम्साल , कल्याण सिंह, हरकुलिस बस्नेत, न्य्हू बज्राचार्य, बिनोद खुम्बु, भिषण योन्जन, राजन राज शिवाकोटी ,निर्णय दा एन अस के ,ले संगीत सिर्जना गरेका छन् ।
एधार ओटा गित संग्रहित "आस्था को आश" एल्बमलाई आफुँलेनै खोलिएको नयाँ म्युजिक कम्पनि 'आस्था म्युजिक प्रा. लि' ले बजारमा ल्याएको हो भने यसको राइज म्युजिकले बजार ब्यबस्थापन गर्ने भएकोछ ।
Tags:
Aastha B