· ArtistNepal Network
· ArtistNepal News
बलिउड अभिनेता देवानन्दको ८८ वर्षको उमेरमा निधन भएको छ। उपचारका लागि बेलायत पुगेका आनन्दको आज बिहान हृदयघातका कारण निधन भएको हो। भारतीय सिनेमामा सदावहार रोमान्टिक हिरो रहेका देवानन्दले नेपालमा भएको दरबार हत्याकाण्डलाई आधार बनाएर फिल्म बनाउने घोषणासमेत गरेका थिए। फिल्मको पोस्टर तयार भएपनि उनको यो योजनाले पूर्णता भने पाउन सकेन।
उनकै मुलुक भारत लगायत नेपालमा पनि विभिन्न सम्मान पाएका उनी १९६४ देखि फिल्मी क्षेत्रमा सक्रिय थिए। उनका थुप्रै फिल्महरु नेपालमा सुटिङ भएका छन्। देवानन्द मृत्यु अगाडिसम्म पनि फिल्म निर्माण क्षेत्रमै सक्रिय रहँदै आएका थिए। उनको निधनले बलिउड पूरै शोकमा छ। भारतीय फिल्मका हस्तिहरुले सामाजिक सञ्जालबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
साढे छ दशकअघि चलचित्रको क्षेत्रमा प्रवेश गरेका देवानन्दले सय भन्दा बढि चलचित्रमा अभिनय गरेका छन् भने करीव तीन दर्जन चलचित्रमा लेखक/निर्माता/निर्देशकको भूमिका निर्वाह गरेका छन् ।
२६ सेम्टेम्वर, १९२३मा पञ्चावको गुरदासपुर (हाल पाकिस्तान) मा जन्मिएका देवानन्दको वास्तविक नाम धर्मदेव आनन्द हो ।
Tags:
Dev Anand
Bollywood Artists