· ArtistNepal Network · ArtistNepal News · Music news
'नेपाल मगर विद्यार्थी संघ' केन्द्रीय समितिले प्रत्येक वर्षझै यस वर्षपनि लोकप्रिय गायक अरुण थापा मगरको एघारौं स्मृति दिबसको आयोजना कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको छ । २०६१ सालमा स्थापना भएको 'अरुण थापा स्मृति पुरस्कार ' मगर समुदाय बाट नेपाली संगीत, कलामा योगदान दिने ब्यक्तिलाई प्रदान गर्ने गर्दछ । हाल सम्म शिवशंकर थापा, तारा थापा, गायक तथा संगीतकार राम थापा, कबिता आले, शिवा आले, लगायतका कलाकर्मीलाई सम्मानित गरिसकेको मगर बिद्यार्थी संघले यस बर्षको 'अरुण स्मृति संगीत पुरस्कार' लोक गायक खड्क गर्बुजालाई प्रदान गरेको छ । खड्क गर्बुजा लामो समय देखि लोक गायन र बाद्यबादन मा संग्लग्न छन । शारीरिक अपांगता भएका खड्क व्हीलचेयर कै सहारामा देशका भिभिन्न भागमा गएर आफ्नो कला कौशल प्रस्तुत गरिसकेका छन । संघले २०६० सालमा बृहत सांस्कृतिक कार्यक्रम मार्फत चन्दा संकलन गरि रु ५०००० को अक्षकोष स्थापना गरि नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एकजना स्रष्टालाई, हरेक बर्ष 'अरुण स्मृति संगीत पुरस्कार' प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ५ हजार रुपैया र सम्मान पत्र रहेको छ । मगर कलाकर्मी को बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा चलचित्रकर्मी प्रकाश शायमीले अरुण थापा नेपाली संगीतका सांगीतिक दूत रहेको , सबै भन्दा कम गीत गाएर अग्रपंक्तिमा रहेको र अरुण थापाका गीत बजाएर पैसा कमाईरहेका रेडियोहरुबाट रोयल्टी उठाउने हो भने अरुण थापा संगीत कोषले कसैको मुख ताक्नु नपर्ने जानकारी दिनु भयो । २००९ माघ ११ मा झम्शिखेलमा जन्मेका अरुण थापाले ललितपुरको स्थानीय झम्सिखेल क्लब बाट गीत गाउन सुरु गरेका हुन । बि.स २०३५ मा बिक्रम गुरुङको शब्द र संगीतमा कति टाढा तिमीबाट म भए..... गाएर रेडियो नेपालमा प्रवेश गरेका थिए । दिब्य खालिंगका शिष्य रहेका अरुण नारायण गोपाल र दिब्य खालिंगका प्रिय गायक हुन। उनको निधन २०५३ श्रावन ५ गाते भएको थियो ।
Tags: Arun Thapa