· ArtistNepal Network · ArtistNepal News · Music news
आर्टिस्टनेपाल डटकम आधुनिक गित संगितमा विगत एक दशक देखि निरन्तर लागि परेका एक प्रतिभशाली गायक हुन पुर्ण राई । गायक राई हजारौँको भिडमा मुलतःसुगम संगितमा आफनो परिचय फराकिलो बनाउने प्रयत्न गरिरहेका छन् ।यस क्षेत्रमा बिनाअभ्यास घरै पिच्छेका गायकहाबी भइरहेका बेला निरन्तर शास्त्रीय संगितको अभ्यास गरेर अझै पनि आफुले सिकिरहेको बताउने राई एक दिन समयले कोल्टो फेर्नेमा विस्वश्त छन् । उनी भन्छन् “अरुले के गर्छन मलाई थाहा छैन अहिले घरै पिच्छे गायक भएपनि म चाहिँ निरन्तर अभ्यास गर्छु र साधनामा विश्वास गर्छु” । विक्रम संवत दुइहजार सन्ताउन्न सालमा गायक बन्न सोलुखुम्बु जिल्लाबाट राजधानी छिरेका उनी धैर्यतामा विश्वास राख्दै कुनै दिन साँगितिक क्षेत्रको अवस्था सुध्रिनेमा आशावादी देखिन्छन् । उनले भानुभक्त ढकाल, गुरुदेव कामत, रविन दास श्रेष्ठ लगायत भारतका शास्त्रीय संगितका पण्डितहरुसँग शास्त्रीय संगितको शिक्षा आर्जन गरेका छन् ।उनको सोलो एल्बम पहिलो भेटको चर्चित गित पहिलो भेटैमाले केही समयअघि नेपाली साँगितिक माहोल तताएको थियो । थुप्रै ख्यातीप्राप्त कलाकारको आवाजमा सुसज्जित एल्बम हल्काहल्कामा उनीद्धारा स्वरबद्ध गितलाई प्रोमोशनल बनाइएको थियो जसमा राम सिटौलको एकल संगित रहेको थियो । गायन क्षमताकै कारण राईले पछिल्लो समयमा थुप्रै कलेक्शन एल्बममा स्वर दिने मौका पाए । संगित क्षेत्र प्रतिको लगाव कलाकौशलताका कारण चलचित्रमा पनि राइले कामगर्ने मौका पाएका छन् । यतिमात्र नभइ संगितका माध्यमबाट मौलिक संस्कृतिलाई जगेर्ना गर्ने क्रममा उनले विभिन्न भाषभाषीका गित समेत गाएका छन् ।