· ArtistNepal Network
· ArtistNepal News
· Event News
काठमाडौँ-
मिसेस तामाङ्ग र मिसेस गुरुङको सफल आयोजना गर्न सफल SK Entertainment ले मिसेस जनजातिको पनि आयोजना गर्ने भएको छ।
विवाहित जनजाती महिलाहरुको जीवनस्तर,ब्यक्तित्व तथा वाकशक्ति विकास गर्ने उदेश्य लिएको कार्यक्रम मिसेस जनजाती- Mrs. Indigenous को पहिलो अडिसनमा जनजाति बिबाहित महिला हरुको उल्लेखनिय सहभागी भएको आयोजक संस्था एस के ईन्टरटेन्मेन्टका अध्यक्ष शान्ता तामाङ्गले बताईन। गत शनिवार महाराजगंज स्थित रोयल भेन्युमा सम्पन्न भएको अडिसनमा सहभागी बाट २५ जना छनौटमा परेको कार्यक्रम संयोजक सुस्मिता गोलेले बताइन |
